Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

लघुजलविद्युतकाे उत्पादन बन्द भएपछि महाकुलुङ र सोताङका ११ सय परिवार विद्युत बिहिन


काठमाडाैं । साेलुखुम्बुस्थित बुदुमखोला लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिएपछि २ गाउँपालिकाका ११ सय परिवार विद्युत बिहिन बनेका छन् । लघुजलविद्युतकाे मेसिन बिग्रँदा जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा ५ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

महाकुलुङ गाउँपालिका-५ चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीबिहीन छ । महाकुलुङको वडा नम्बर–४ र ५ तथा सोताङ गाउँपालिकाको वडा नम्बर–५ नाम्लुङ क्षेत्रमा बुदुमखोला लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत वितरण हुँदै आएकाे थियाे ।

लघुजलविद्युतकाे मेसिनको टर्वाइन पुल्लीमा खराबी आएदेखि विद्युत उत्पादन बन्द छ । बिग्रिएकाे मेसिन मर्मत गरेर विद्युत उत्पादन सुचारु गर्न प्रयास भइरहेकाे भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताए ।

“बिग्रिएको मेसिन मर्मत गर्न काठमाडौं पठाएका छौं, ढिलोमा एक साताभित्र सेवा पुनः सञ्चालन हुन्छ”, उनले भने । एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन् ।

विद्युत नहुँदा विद्यार्थी वर्ग मारमा परेकाे छ । विद्यार्थीले पढ्न पाएका छैनन् भने रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत बञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताए ।


Read Previous

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

Read Next

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन प्राधिकरणकाे आग्रह   

Leave a Reply

Your email address will not be published.