Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

९ सय आरोहीले लिए हिमाल आरोहणको अनुमति,७ करोड बढी राजश्व संकलन 


काठमाडाैं । चालू वर्षकाे शरद ऋतुमा हिमाल आरोहण  गर्न १ सय ८ आरोही समूहका ९ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । याे  समयमा विश्वकाे सर्वाेच्च शिखर सगरमाथा, मनास्लु, कञ्चनजंगालगायत ३५ हिमाल तथा चुली आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् ।

अनुमति लिनेहरू अहिले हिमाल तथा चुली आरोहणका लागि धमाधम आइरहेकाे पर्ययटन विभागले जनाएकाे छ । विभागका अनुसार याे अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरोही समूहका ४ सय ४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागको पर्वतारोहण शाखाको विवरणमा सगरमाथा आरोहणका लागि एक समूहका ५ आरोहीले अनुमति पाएका छन् । अमादब्लङ (६,८१४ मिटर) हिमाल आरोहणका लागि ११ आरोही समूहका १ सय ३१ ले अनुमति पाएका छन् ।

यस्तै, हिम्लुङ हिमालका (७,१२६ मिटर) मा १४ आरोही समूहका एक सय ४४ ले आरोहण अनुमति लिएका छन् । धौलागिरि (८, १६७ मिटर) आरोहणका लागि ४ आरोही समूहका ३४, नुप्से (७,८५५) आरोहणका लागि एक समूहका आरोहीले अनुमति लिएका छन् ।

अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ । यस सिजनमा हिमाल आरोहणबाट हालसम्म ७ करोड १० लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

हिमाल आरोहणका लागि हालसम्म नेपालसहित ६८ मुलुकका ९ सय एक आरोही नेपाल आएका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आरोहण धमाधम चलिरहेको जानकारी दिए ।

उनले अहिले पनि केही हिमालमा आरोहण अनुमति जारी भइरहेको बताए । उनका अनुसार मनास्लु आरोहण लगभग सकिएको छ । तर, के–कति सङ्ख्यामा आरोही मनास्लुको चुुचुरोमा पुगे भन्ने विस्तृत विवरण आइसकेको छैन ।

अघिल्ला वर्षमा झै यो वर्ष पनि मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ । विश्वको आठौं अग्लो र नेपालको साताैं अग्लो मनास्लु हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही गएका हुन् ।

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्ने गरेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।     सेभेन सम्मिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले यो सिजनमा पनि धेरै सङ्ख्यामा आरोही मनास्लु आरोहणमा गएको बताए ।

उनले दिएको जानकारी अनुसार यस सिजनको मनास्लु आरोहण करिब अन्तिम चरणमा छ । अधिकांश आरोही आरोहण सकेर फर्किनेक्रममा छन् । उपयुक्त मौसम मानिएकाले हरेक वर्ष मनास्लु आरोहणमा सर्वाधिक आरोही आउने गरेका प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए।


Read Previous

थापाथलीमा निर्मित अनधिकृत संरचनामा चल्याे डाेजर

Read Next

निजी क्षेत्रको अवस्था अध्ययन गर्न महासंघ र आईएफसीबीच सहकार्य गर्ने सहमति

Leave a Reply

Your email address will not be published.