Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

बाराको टाँगिया बस्तीमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत


काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी याे बस्तीमा विद्युत पहुँच पुर्याएकाे हाे ।

प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुने भन्दै टाँगिया बस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीका स्थानीय बासी अँध्यारोमा बस्न बाध्य थिए ।

विद्युत प्राधिकरणको करिब २ करोड ३४ लाख रुपैयाँको लगानीमा वितरण लाइन विस्तार गरी शनिबारबाट टाँगिया बस्तीमा बत्ती बालिएको हो । टाँगिया बस्तीमा करिब १ हजार ४ सय ७६ घरधुरी छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरू, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाँगिया बस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगिया बस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो ।

ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।

प्राधिकरण सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ती जडान गरिएको बताए ।

प्राधिकरणले रुख बिरुवा करिब ७ किलोमिटर ११ केभी लाइन  मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर/ इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगिया बस्तीमा विद्युत उपलब्ध गराउन १ सय केभिए क्षमताका ४ थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ ।


Read Previous

अमेरिकाद्वारा नेपालको ऊर्जा क्षेत्रमा महिला नेतृत्व विकासको लागि कार्यक्रम सुरु

Read Next

सडक सञ्जालले जोडिएपछि उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

Leave a Reply

Your email address will not be published.