

नेपाल विद्युत प्राधिकरणले यस आयोग समक्ष तमोर सानीमा इनर्जी प्रा.लि. द्धारा प्रबद्र्धित फक्ताङलुङ्ग गाउँँँपालिका र फुङ्गलिङ्ग नगरपालिका, ताप्लेजुङ्ग जिल्ला, मेची अंचल, प्रदेश नं. १ मा अवस्थित, माथिल्लो तमोर जलविद्युत आयोजना (२५५.२८१) मेगावाटबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिने भएकाले उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानिय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरु, संचार माध्यम, स्थानीय तहका प्रतिनिधि, तथा सरोकारवालाहरुलाई सो कार्यक्रमा सहभागी हुन आह्वान गरिन्छ । सरोकारवालाहरुले आयोगको कार्यालयमा लिखित रुपमा एवम् आयोगको इमेल ठेगाना ([email protected]) मार्फत समेत आफ्ना राय, सुझाव तथा प्रतिकृया पेश गर्न सक्ने व्यहोरा जानकारी गराइन्छ । यस सम्बन्धमा बिस्तृत जानकारी आयोगको आधिकारिक वेवसाईट erc.gov.np मा हेर्न सकिन्छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम :
स्थान: विद्युत विकास विभागको सभाहल (पाँचौं तल्ला), सानो गौचरण, काठमाण्डौ ।
मिति र समय: २०७९।०५।३० गते विहिबार दिउँसो २ बजे देखि ५ बजे सम्म