Nepal Purbadhar

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा १ जनाको मृत्यु, एक घाइते


काठमाडौ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । घाइतेको पहिचान तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

उनका अनुसार घटनाबारे थप विवरण संकलन गर्ने काम भइरहेको छ ।


Read Previous

धनौजी गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र वितरण सुरू

Read Next

मझिमटारमा आकाशे पुलको गर्डर राख्न मलेखु-मुग्लिङ सडक २ घण्टा बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar