Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

पूर्वाधार विकासका लागि सार्वजनिक निजी साझेदारीमा जोड


काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सकिनेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबारबाट राजधानीमा जारी नेपाल पूर्वाधार सम्मेलन २०२२ मा सहभागी सरोकारवालाहरूले पूर्वाधार क्षेत्रको विकास विना मुलुकको आर्थिक समृद्धि सम्भव नहुँने भन्दै पीपीपी मोडलमा यो क्षेत्रमा लगानी गर्न सकिने बताए ।

सम्मेलनमा सहभागी हुन पुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको साझेदारी महत्त्वपूर्ण भएको बताए । उनले निजी क्षेत्र अनुकुल वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देशले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने पनि उनले बताए । ‘हामीले यही कुरा बुझेर संविधान बनाउँदा र राजनीतिक घोषणापत्रमा पनि यस क्षेत्रको भूमिकालाई महत्त्व दिएका छौं’ उनले भने ।

उनले पछिल्लो समय सरकार र निजी क्षेत्रबीचको सम्बनध सुमधुर बनेको र यसमा नेपाल उद्योग परिसंघको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ । उनले सरकारले निजी क्षेत्र र निजी क्षेत्रले सरकारलाई हेर्ने सोंचमा परिवर्तन आवश्यक रहेको बताए । दाहालले मुलुकमा लगानीको वातावरण बनाउन राज्यको दायित्व बाँकी रहेको भन्दै अधुरा काम अघि बढाउने प्रतिबद्धता समेत जनाए ।

निजी क्षेत्रलाई अझ विश्वासमा लिने र विदेशी लगानी वृद्धि गर्न राज्य गम्भिर हुन थप आवश्यक रहेको उनको तर्क थियो । पूर्वाधार विकास अब भौतिक विकासका रूपमा मात्र नहेरी डिजिटल विकासमा पनि केन्द्रित गर्न उनले सुझाव दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले यसअघिका तीन वटा नेपाल पूर्वाधार सम्मेलनको उपलब्धीले परिसंघलाई थप हौसला मिलेको बताए । उनले परिसंघले सन् २०१४ देखि नियमितरूपमा आयोजना गरेको पूर्वाधार सम्मलनले अर्थतन्त्र बलियो बनाउने गरी पूर्वाधारको महत्त्व बुझाउन सफलभएको जिकिर गरे ।

परिसंघले पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको अवधारणा अघि सार्दै आएकोमा त्यसकै परिणामस्वरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को स्थापना भएको पनि उनले बताए । ‘पूर्वाधार विकासमा सार्वजनिक निजी साझेदारीको आवश्यकतालाई थप सशक्त बनाउन सक्नु पूर्वाधार सम्मेलनको प्रमुख उद्देश्य हो,’ अग्रवालले भने, ‘पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय कनेक्टिभिटी र डिजिटल क्षेत्रमा रहेको सम्भावना उपयोगमा जोड दिने हो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

एसियाली विकास बैंक (एडीबी)का निजी क्षेत्र सञ्चालन तथा सार्वजनिक–निजी साझेदारी हेर्ने उपाध्यक्ष अशोक लभासाले पूर्वाधार विकास र आर्थिक वृद्धिका लागि पूर्वाधार सम्मेलन महत्त्वपूर्ण भएको बताए ।
उनले पूर्वाधार क्षेत्रले सिर्जना गर्ने अवसरबाट नेपालले धेरै लाभ लिन सक्ने बताए । ‘एडीबीले पनि नेपालको पूर्वाधार विकासलाई प्राथमिकता दिएर सहकार्य गरिरहेको छ’ उनले भने ।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले पूर्वाधार विकासका लागि सरकारले उपयुक्त नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । अहिले राजनीतिक दलको ध्यान आगामी निर्वाचनमा केन्द्रित भए पनि चुनावपछि आर्थिक विकासमा केन्द्रित हुन उनले दलहरूलाई आग्रह गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण नेपालको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या परेको बताए ।

‘देशको दिगो विकासमा पूर्वाधारको अहम् भूमिका रहेको र चौथो शिखर सम्मेलनले त्यही तथ्यलाई जोड दिएको छ,’ उनले भने, ‘पूर्वाधारमा थप लगानीको खाँचो रहेकोले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्छ,’

जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधतायुक्त नेपालसँग धेरै अवसर रहेको बताए । उनले ती अवसरहरूको सदुपयोग गर्न पूर्वाधार विकासको आवश्यकता रहेको बताए । सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न पनि पूर्वाधारमा लगानी आवश्यक रहेको उनले बताए ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ राजधानीमा जारी छ । सम्मेलनमा २५ देशका प्रतिनिधि सहभागी छन् । सम्मेलन शुक्रबार (आज) सकिँदैछ ।


Read Previous

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक

Read Next

पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

Leave a Reply

Your email address will not be published.