Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह


काठमाण्डौं । अर्थ मन्त्री जनार्दन शर्माले नेपालको ग्रामीण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् ।

एडीबीका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग अझै वृद्धि गर्न अनुरोध गरे । कोभिडको महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूणर् ऋण र अनुदान सहयोगहरुका लागि धन्यवाद दिए ।

एसियाली विकास बैकका उपध्यक्ष अशोक लाभाशाले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधै हातेमालो गर्ने बताए । नेपाल सरकार र निजी क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने उल्लेख गरे ।

भेटमा मन्त्री शर्माले नेपालको निजी क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूणर् ऋण उपलब्ध गराउने विषयमा छलफल गरेका छन् । ‘निजी क्षेत्र नेपालको

आर्थिक उन्नतिको इञ्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाइ उच्च प्राथमिकतामा राखेको छ’ उनले भने ।

उनल नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूणर् हुने उल्लेख गरे ।

नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरे ।


Read Previous

पूर्वाधार विकासका लागि सार्वजनिक निजी साझेदारीमा जोड

Read Next

पूर्वाधार क्षेत्रमा लगानी ल्याउन नयाँ स्रोत परिचालन गर्नुपर्छः-विज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *