Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको संरक्षण मन्त्रालयको प्राथमिकतामा: पर्यटन मन्त्री श्रेष्ठ


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्वाधार विकास र पर्यटकीय क्षेत्रको संरक्षण सधै मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन् । सोमवार नेपाल व्यवसायिक कलाकार संघले नेपाल आर्ट काउन्सिलमा आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाको ‘सत्यम शिवम् सुन्दरम्’ नामक पुस्त विमोचन एवं चित्रकला प्रदर्शनी कार्यक्रमको उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

नेपाली कलासंस्कृति पर्यटन विकासको प्रमुख आधार भएको बताउँदै श्रेष्ठले कला क्षेत्रको विविध सौन्दर्यले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने बताए । ‘नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन मन्त्रालयको प्राथमिकतामा छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको संरक्षण र पूर्वाधार विकास कार्यलाई सधैं महत्त्व दिएर अगाडि बढाउने छु ।’

मन्त्री श्रेष्ठले संस्कृतिको संरक्षण र प्रचार–प्रसारलाई योजना बनाएर अघि बढाइएको पनि बताए । उपत्यकाको पर्यटन विकास तथा प्रवद्र्धन गर्न सम्पदामार्ग निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

उपत्यकाको सांस्कृतिक चाडपर्व र सम्पदाहरू पर्यटकीय आकर्षणका दृष्टिले महत्त्वपुर्ण रहेको उनको भनाइ थियो । उपत्यकाको सांस्कृतिक चाडपर्व र सम्पदाहरूको संरक्षण गरी यसको सांस्कृतिक विविधता प्रचार–प्रसार गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।

चित्र कविको परिचय बनाएका सुरेशकुमार द्यःलाले २० वर्ष लगाएर ‘सत्यम शिवम् सुन्दरम्’ कृति तयार पारेको अनुभव सुनाए । उनले सार्वजनिक गरिएको कृतिमा भगवान शिव शंकरको पुराणमा आधारित चित्रहरूमार्फत शिवको महिमा पुस्तकमा चित्रण गरिएको छ । कार्यक्रममा कलाकार मदन चित्रकारलाई सम्मान समेत गरिएको थियो ।


Read Previous

उच्च क्षमताका ३४ प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन

Read Next

सुनकाेशी किनारमा बंगलादेशी टाेलीकाे भव्य स्वागत (फाेटाेफिचर)

Leave a Reply

Your email address will not be published.