Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नेपेक्सको अध्यक्षमा आचार्य सर्वसम्मत, प्रबन्ध निर्देशकमा पुनः गर्ग


काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।

यसअघि सञ्चाकल रहेका आचार्य अध्यक्षमा चयन भएका हुन् । नेपेक्स सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

उनी स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्षसमेत हुन् । यसअघि नेपेक्सको अध्यक्ष शैलेन्द्र गुरागाई थिए । त्यस्तै, प्रबन्ध निर्देशकमा आशिष गर्ग चयन भएका छन् । गर्गले प्रबन्ध निर्देशकमा पुनः दोहोर्याएका हुन् ।

नेपेक्समा सञ्चालकको रुपमा शैलेन्द्र गुरागाई, उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, मोहन डाँगी र भरत खत्री रहेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकले सन् २०१८ मा स्थापना गरेको यो कम्पनीले आन्तरिक र अन्तरदेशीय विद्युत व्यापारको लक्ष्य राखेको छ ।

कुल २ अर्ब पुँजी रहेको यस कम्पनीको चुक्ता पुँजी १० करोड रहेको छ ।


Read Previous

कोइरालाकाे नेतृत्वमा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे नयाँ कार्यसमिति चयन

Read Next

‘देशको बजेटबाट बन्ने आयोजनाको ठेक्का नेपालीलाई दिनुपर्छ’

Leave a Reply

Your email address will not be published.