Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

कोइरालाकाे नेतृत्वमा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे नयाँ कार्यसमिति चयन


काठमाडाैं । रुद्र कोइरालाकाे अध्यक्षतामा सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे नयाँ कार्यसमिति चयन भएकाे छ । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे हालै लण्डनमा सम्पन्न वार्षिक साधारणसभाले पाँचाैं नयाँ कार्यसमिति गठन गरेकाे हाे ।

सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेकाे उपाध्यक्षमा हरि नेपाल, महासचिवमा डा. रविचन्द्र कोइराला, सचिवमा सज्ञान खरेल र कोषाध्यक्षमा  प्रियंका रेग्मी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा मनोज पुन,दर्पण गौतम र सुजन शर्मा निर्विरोध निर्वाचित भएका छन्। सन् २००७ मा स्थापना भएकाे सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन युकेले नेपालीहरूकाे हितमा काम गर्दै आएकाे छ । साधारण सभाको सञ्चालन निवर्तमान महासचिव डा.विदुर घिमिरेले गरेका थिए। नयाँ कार्यसमिति २ वर्षका लागि सक्रिय रहनेछ ।


Read Previous

२५ सय सर्किट किलोमिटरका साढे ३ दर्जन प्रसारण लाइन निर्माणमा जाँदै

Read Next

नेपेक्सको अध्यक्षमा आचार्य सर्वसम्मत, प्रबन्ध निर्देशकमा पुनः गर्ग

Leave a Reply

Your email address will not be published.