Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पूर्व जलस्रोत सचिव ढुंगेलको ‘चक्रव्युहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक


काठमाडौं । पूर्व जलस्रोत सचिव डा.द्धारिकानाथ ढुंगेलद्धारा लिखित चक्रव्युहमा नेपालको जलस्रोत पुस्तक एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

जलस्रोत कुटनीति, नेपाल भारत जलस्रोतका विषय, विवाद र सम्भावना तथा महाकाली सन्धिलगायत विषय पुस्तक समेटिएका छन् । यसको साथै राजनीतिक नेतृत्वले जलस्रोतको विषयमा स्पष्ट अडान लिन नसक्दा यो क्षेत्र नै चक्रव्युहमा परेको उनको ठम्याइ छ ।

विशेष गरेर जलस्रोतबरे सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को अडान राख्ने प्रवृतिको कारण नेपाल जलस्रोतको विषयमा समस्या आएको लेखकको निष्कर्ष छ ।
पुस्तकमा महाकाली सन्धिका विविध पाटाहरुलाई विस्तृत रुपमा उल्लेख गरिएको छ । महाकाली नदीमा पानीको ‘भोलुम’ कति हो भन्ने विषय पहिले नै प्रष्ट नहुँदा पनि त्यसले समस्या खडा गरेको अहिले विस्तृत अध्ययनको काम कठिन पुस्तकबारे टिप्पणी गरेका पूर्व सचिव माधब बेल्बासेले बताए ।

त्यसबाहेक नेपाल भारत जलस्रोत बैठकमा उठाएका विषयलाई पनि पुस्तकले स्थान दिएको छ । यसबाहेक विभिन्न समयमा दुई देशबीच भएका सन्धि, सम्झौता र समझदारी तथा कतिपय दुर्लभ बन्न पुगेका दस्तावेजसमेत पुस्तकमा समेटिएका छन् ।

कार्यक्रममा एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा. विन्दु लोहनीले पुस्तक संग्रहनीय र जलस्रोतको क्षेत्रमा आउँदो पुस्ताको लागि पनि उपयोगी रहेको बताए ।

त्यस्तै, अधिवक्ता सुरेन्द्र भण्डारीले नेपालको जलस्रोतको विगतमा कसरी काम भए भन्ने विषय देखाएको उल्लेख गरे । ‘पानीमा हुने राजनीति र नेपालको नेगोसियसन गर्ने तरिका, दातृ निकायले हाम्रो जलस्रोतलाई कसरी हेर्छन, छिमेकीले कसरी बुझेका छन भन्ने बारेमा बताएको उल्लेख छ’ उनले भने ।

पुस्तक १ हजार ३२ पृष्ठको छ । करिब ७२ वटा ऐतिहासिक काजजात पुस्तकमा समेटिएका छन् । पुस्तकमा ५७ पृष्ठ ग्रन्थसूचीको लागि खर्च भएको छ ।

जलस्रोतलाई राष्ट्रिय हितमा प्रयोग गर्न सक्नुपर्छ : ओली

पूर्व प्रधानमन्त्री केपी ओलीले नेपाले प्राप्त गरेको जलस्रोतलाई राष्ट्रिय हितमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिए । पुस्तक सार्वजनिक गर्दै उनले जलस्रोतलाई ऊर्जासँग मात्र नजोडेर सिंचाइसँग पनि जोड्नुपर्ने बताए । ‘हामीसँग भएको भुमि सिचाई गर्नमा चुक्नु हुदैन, किनकि कृषिको आधुनिकीकरण र व्यवसायीकीरणविना नेपालको रुपान्तरण हुन सक्दैन’ उनले भने ।

जलस्रोतको समुचित प्रयोग हुन नसकेको र जलस्रोतको प्रयोग गर्दा राष्ट्रिय हितसँगै अन्तर्राष्ट्रिय दायित्वलाई पनि विर्सन नहुनेमा जोड दिए । ‘साथै, राष्ट्रिय हित भनेर जसो पनि गर्न नहुने बरु न्यायोचित छ कि छैन भन्ने विषयलाई हेर्नुपर्छ’ उनले भने । राष्ट्रिय हितलाई नहेर्ने र अडान नलिने बरु सत्ता र आफ्नो स्वार्थ हेर्दा समस्या आएको उनले बताए ।

भारतका लागि पूर्व राजदुत दीपकुमार उपाध्यायले जलको बहुउपयोग नै नेपाल समृद्ध हुने आधार भएको उल्लेख गरे । तर भारतीय पक्षले धेरै ठाउँ नेपाललाई अर्घेल्याइँ गर्ने र जबर्जस्ती गर्ने गरेको बताए । अब सबै मिलेर जलस्रोतको उपयोग गर्नेमा एक हुनुपर्नेमा जोड दिए ।

देउवा र ओलीको पहलमा महाकाली सन्धि सम्भव भयो : राणा

पूर्व जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले महाकाली सन्धि थन्कियर बसेको योसँगै नेपालले पाउने लाभ पनि थन्किएर बसेको उल्लेख गरे । ‘सन्धिलाइ कार्यान्वयनमा लैजानु पर्नेछ, महाकाली सन्धि धुलो फालेर कार्यान्वयनको लागि अधि सार्नुपर्छ, नेपालीको धेरै समस्या समाधान गर्ने विषय जलश्रोत हो महाकाली सन्धिको कार्यान्वयन हो’ उनले भने । महाकाली सन्धि वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको अग्रसरता र केपी ओलीको पहलमा सम्भव भएको उल्लेख गरे ।


Read Previous

२ वर्षभित्र माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन र पीएसए

Read Next

२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *