Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालमा निफ्रा र नबिल बैंकको लगानी


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १ सय शैयाको अस्पताल निर्माणमा ऋण लगानी गर्ने भएको छ । निफ्राले नबिल बैंकसँग मिलेर एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि अस्पतालको भवन निर्माण तथा सञ्चालनका लागि २ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गर्न लागेको हो ।

कर्जा प्रवाह गर्ने २ बैंक र अस्पताल परियोजनाबीच बिहीबार (साउन ५ गते) वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार परियोजना निर्माणका लागि अगुवाई गर्ने निफ्रा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गर्नेछ ।

नबिलले परियोजना निर्माणका लागि १ अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गर्ने सम्झौता छ । वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायव महाप्रबन्धक विनयनाथ न्यौपाने सहभागी थिए ।

नबिल बैंककोतर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसहित बैंकका कर्मचारी सहभागी भएका थिए ।

अस्पताल परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायतका पदाधिकारीकोे उपस्थिति थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष भण्डारीले परियोजनामा लगानीका लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको बताए । उनले परियोजना निर्माण कार्य समयमै सम्पन्न गरी व्यवसायीक सञ्चालन सुरु गर्ने प्रतिबद्धता जनाए ।

यो अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा लुम्बिनी प्रदेशको स्वास्थ सेवामा व्यापक सुधार हुने अपेक्षा गरिएको छ ।


Read Previous

जलविद्युत आयोजनाबाट २ अर्ब ८३ करोड रुपैयाँ रोयल्टी उठ्याे

Read Next

मूल्यमा परेको चाप र शोधान्तर घाटा मौद्रिक नीतिको प्राथमिकतामा (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *