
काठमाडौं। नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन जडान अन्तिम चरणमा पुगेको छ।
उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।
उक्त सेवा सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीले आफ्नै प्रदेशमा सहज रूपमा क्याथ ल्याब सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
