काठमाडाैं । नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजनाको स्थलगत भ्रमण गरेका छन् । उनले विद्युत प्राधिकरण र बंगालादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने तय भएको आयोजनाको बुधबार स्थलगत भ्रमण गरेका हुन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसतिहका पदाधिकारीसँग उनी आयोजना स्थल पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन् ।
तश्विरः भीम गाैतम