Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बैशाखदेखि ५५ राष्ट्रिय राजमार्गमा समस्या, २ अझै अवरुद्ध ७ एकतर्फी सञ्चालन


काठमाडौं । यो वर्ष (२०७९) शुरु भएपछि अहिलेसम्म देशभर ५५ सडकमा समस्या देखिएकाे छ । बाढी, पहिरो र अन्य कारणबाट राष्ट्रिय राजमार्गहरुमा आवातजावतको लागि समस्या आएको हो । अहिले पनि राष्ट्रिय राजमार्ग मात्रै ७ वटा एकतर्फी सञ्चालनमा छन् भने २ राजमार्ग पूर्ण रुपले अवरुद्ध भएका छन् ।

यस वर्षको वर्षाले उत्तर दक्षिण कोशी सडक आयोजना अन्तर्गतका सडक अवरुद्ध भएका छन् । यस आयोजनाको रानी विराटनागर इटहरी धरान धनकुटा हिले सडक खण्ड पर्छ । त्यस्तै, हिले लेघुवाघाट त्यसपछि तुम्लिङटार खाँदबारी नुमहुँदै किमाथांका पुग्छ । यस सडकखण्डका फाक्सिंदा दोभानदेखि बरुण खोलासम्म अवरुद्ध छ । यस सडक खण्डको ११ स्थानमा समस्या रहेको छ ।

आयोजनाका इञ्जिनियर किरण श्रेष्ठका अनुसार पहिरो हटाउनको लागि एक्जाभेटर तयारी अवस्थामा छन् । तर, पहिरो गएको स्थानसम्म पेट्रोलियम पदार्थ पु¥याउन सकिएको छैन् । त्यस्तै, निरन्तर वर्षाको कारण पहिरो खोल्न कठिनाइ भइरहेको छ । करिब २ सय मिटर माथिबाट पहिरो झर्ने क्रम जारी रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै, उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीअन्तर्गत संखुवासभाको सम्मटार भन्ने स्थानमा सडक अवरुद्ध छ । यो ठाउँ रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले–लेघुवाघाट –तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथांका सडक खण्डअन्तर्गत पर्छ । बाटो खोल्नको लागि २ वटा एक्जाभेटरलाई सडकमा थुप्रिएको पहिरो सफा गर्ने कामको लागि खटाएको छ । सम्मटारमा निरन्तर पानी परिरहेको र पहिरो पनि गइरहेकाले दुईतर्फी सडक अवरुद्ध भएको कोशी कोरिडोर खाँदवारी किमाथांका सडक योजनाका कामू प्रमुख दिपेश रजकले जानकारी दिए ।

कहाँ कहाँ एकतर्फी यातायात सञ्चालन ?

सडक विभागको तथ्यांकअनुसार नौविसे मुग्लिन पोखरा (पृथ्वी राजमार्ग) को तनहुँस्थित साँखर भन्ने ठाउँमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । त्यस ठाउँमा ढुंगा टुक्राउने (रक बे्रकर) सहितको एक्जाभेटरमार्फत सडक दुईतर्फी बनाउन काम भइरहेको छ ।

त्यस्तै, मकवानपुरको छत्तिस खोलामा पनि सवारी साधन एकतर्फी मात्र सञ्चालनमा छन् । सिर्सिया पथलैया, हेटौडा–भैसै– पालुङ नौविसे काठमाडौं पुग्ने यस सडक एकतर्फी मात्र सञ्चालन हुँदा यात्रुलाई मार्का परेको छ ।

त्यस्तै, डुम्रे बेशीसहर चामे मनाङ सडक योजनाको पनि लमजङको उदीपुरमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । त्यस क्षेत्रमा एउटा एक्जाभेटर र एउटा जेसीबी पठाइएको छ । त्यसले यातायात आवातजावत वैकल्पिक सडकमार्फत गर्ने व्यवस्था मिलाइएको छ । डुम्रे बेशीसहर चामे सडकको मनाङ जिल्लास्थित म्यार्दी भिरमा पनि एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

त्यस्तै, जुम्लाको मान्मामा पनि सडक एकतर्फी रुपमा चालु रहेको छ । सुर्खेत तल्लो डुङ्गेश्वर सातखम्बा दुल्लु पिपलकोट खुलालु मान्मा नाग्मा जुम्ला सडकअन्तर्गत यो अवरोध आएको हो ।

सडक खुलाउनको लागि लोडरले काम गरिरहेको छ । सडकको आधा भाग चिरा परेको हुँदा एकतर्फी यातायात सुचारु भएको इञ्जिनियर राजु प्रसाद पौडेलले जानकारी दिएका छन् ।


Read Previous

फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सौराहामा पाँचतारे ‘रोयल टुलिप’ रिर्सोट सञ्चालन गर्ने

Read Next

नेपालका लागि बंगालादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी सुनकोसी-३ काे स्थलगत भ्रमणमा (फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published.