Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वाईफाई नेपालको सेवा आरम्भ, ३३३ रुपैयाँमै ३० एमबीपीएस इन्टरनेट


काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ । हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ ।

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ । त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१ सय रुपैयाँमै पाउन सकिनेछ ।

त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५ सय रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ मात्र पर्नेछ । ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४ रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सीईओ रितेशराजसिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सिंहको भनाई छ ।

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् । कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपैयाँ मात्र तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । ‘मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि हामीले पछिल्लो एक वर्षदेखि गृहकार्य गरेका छौं,’ सिंहले भने, ‘पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन । ‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ सिंहले भने ।

कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पु¥याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


Read Previous

दक्षिण एसियाली साझा ग्रिडले ऊर्जाको एउटै स्रोतमा निर्भर हुनुपर्ने बाध्यताकाे अन्त्य गर्नेछ

Read Next

सडक सुरक्षा तथा दिगो शहरी विकासमा केन्द्रित ‘कार्ल मार्क्स कसम’ पुस्तक सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *