
काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म विद्युत् आपूर्ति बन्द हुन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि एक सातासम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणअन्तर्गत कुलेश्वर र बानेश्वर वितरण केन्द्रका विभिन्न फिडरमा पर्ने क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्ने काम गर्न लागिएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि सुरु हुने विद्युत् आपूर्ति बन्द साँझ ५ बजेसम्म जारी रहनेछ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न मिति र फिडरअनुसार प्रभावित हुने क्षेत्रहरू यसप्रकार छन्।
१. २०८३ असोज १३ गते
- फिडर: बलम्बु, थानकोट तथा मातातीर्थ
- प्रभावित क्षेत्र: राई भिजन कोलोनी
२. २०८३ असोज १४ गते
- फिडर: सितापाइला
- प्रभावित क्षेत्र: कलंकी रिङरोडदेखि न्युरोड सबस्टेसन क्षेत्र
३. २०८३ असोज १४ गते
- फिडर: कलंकी, थानकोट तथा रोपवे
- प्रभावित क्षेत्र: कलंकी चोकदेखि ढुंगेअड्डा
४. २०८३ असोज १६ गते
- फिडर: बाफल
- प्रभावित क्षेत्र: कलंकी रिङरोडदेखि न्युरोड सबस्टेसन क्षेत्र
५. २०८३ असोज १७ गते
- फिडर: रत्नपार्क
- प्रभावित क्षेत्र: थापाथलीदेखि बिजुली बजार
६. २०८३ असोज १८ गते
- फिडर: सतुंगल
- प्रभावित क्षेत्र: धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
७. २०८३ असोज १९ गते
- फिडर: न्युरोड एमएसएस
- प्रभावित क्षेत्र: हनुमानढोका क्षेत्र
८. २०८३ असोज २० गते
- फिडर: सतुंगल
- प्रभावित क्षेत्र: धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने जनाएको छ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

