Nepal Purbadhar

बाजुरामा फाइबर तार काटिँदा इन्टरनेट र टेलिफोन सेवा प्रभावित


बाजुरा। फाइबर इन्टरनेटको तार काटिएपछि बाजुरामा बिहीबार बिहानदेखि इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध भएको छ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार साँफे-मार्तडी सडकखण्डअन्तर्गत नुनेपानीमा फाइबर तार काटिएपछि जिल्लाको सञ्चार सेवा प्रभावित भएको हो।

अवरुद्ध सेवा मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको छ। मर्मतमा समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट वैकल्पिक लाइन जोडेर आंशिक रूपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए।

सञ्चार सेवा अवरुद्ध हुँदा जिल्लाका सरकारी तथा अन्य कार्यालयको कामकाज, अनलाइन सेवा प्रवाह र सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका छन्।


Read Previous

अर्नव चक्रवातको सम्भावित प्रभावः यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन महासङ्घको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar