Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

देशभर राजमार्गका १७ ठाउँमा समस्या, कोशी काेरिडोर ५ दिनदेखि अवरुद्ध


काठमाडौं । पछिल्लो दुई महिनामा देशभरका रणनीतिक सडकका १७ ठाउँमा समस्या देखिएको छ । त्यसमध्ये अहिले एक ठाउँमा सडक अवरुद्ध छ भने ३ ठाउँमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ । बाँकी रहेका १३ ठाउँमा भने दुवैतर्फ यातायात सुचारु रहेकोे सडक विभागले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

उत्तर दक्षिण कोशी सडक आयोजना खाँदबारीअन्तर्गत संखुवासभाको सम्मटार भन्ने स्थानमा सडक अवरुद्ध छ । यो ठाउँ रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले–लेघुवाघाट –तुम्लिङ्गटार–खाँदवारी–नुम–किमाथांका सडक खण्डअन्तर्गत पर्छ । बाटो खोल्नको लागि २ वटा डोजरलाई सडकमा थुप्रिएको पहिरो सफा गर्ने कामको लागि खटाएको छ ।

फाेटाेः सडक विभाग अर्काइभ

सम्मटारमा निरन्तर पानी परिरहेको र पहिरो पनि गइरहेकाले दुईतर्फी सडक अवरुद्ध भएको कोशी कोरिडोर खाँदवारी किमाथांका सडक योजनाका कामू प्रमुख दिपेश रजकले जानकारी दिए । ‘अहिले अवरुद्ध भएको ठाउँतर्फ अपरेटेरलाई पठाए पनि पुरिएको सडक खोल्ने काम थालनी हुन सकेको छैन’ उनले भने ।पहिरो गइरहेकाले कहिलेसम्म सडक सुचारु गर्न सकिने भनेर भन्न नसकिने उनको भनाइ छ । यो सडकखण्ड ५ दिनदेखि अवरुद्ध छ ।

त्यस्तै, सडक डिभिजन भरतपुरअन्तर्गत नौबिसे मुग्लिन– पोखराको पनि तनहुँस्थित साँखर भन्ने ठाउँमा एकतर्फी मात्र सञ्चालन भइरहेको छ । सडकमा ठूलो ढुंगो आइ बसेको छ । त्यसलाई रक ब्रेकरले काट्ने काम थालिएको छ । चाडै सडक दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक डिभिजन दमौलीले जानकारी दिएको छ ।

डुम्रे बेसीसहर चामे सडकअन्तर्गत तनहुँकै चाम्बास र तुरतुरे भन्ने ठाउँमा पनि अहिले एकतर्फी मात्रै सडक सञ्चालन भइरहेको छ । यसबाहेक बैशाख यता समस्या भएका १३ स्थानमा भने दुईतर्फी यातायात सञ्चालनमा आइसकेका छन् ।

त्यसरी दुईतर्फी यातायात सञ्चालनमा आएका स्थानहरुमा चितवनको चोके खोला, कालीकोटको पिली, पाल्पाको चरचरे, चितवनको टोपे खोला, जम्माको पटारसाँघुलगायत छन् ।


Read Previous

हरित अर्थतन्त्र विकासमा योगदान गर्न वैकल्पिक ऊर्जा र नेपाल आँखा कार्यक्रमबीच समझदारी

Read Next

दक्षिण एसियाली साझा ग्रिडले ऊर्जाको एउटै स्रोतमा निर्भर हुनुपर्ने बाध्यताकाे अन्त्य गर्नेछ

Leave a Reply

Your email address will not be published.