Nepal Purbadhar

आँखुखोला हाइड्रोले ७० मेगावाटको आयोजना निर्माणमा १०० करोड लगानी गर्ने

सांकेतिक तस्बिर


काठमाडौं । आखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोसी–२ जलविद्युत् आयोजनामा १०० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै उक्त आयोजनामा लगानी गर्ने सैद्धान्तिक निर्णय भएको जानकारी गराएको हो।

कम्पनीको मिति २०८३ कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोसी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको ७० मेगावाट क्षमताको दुधकोसी–२ जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा लगानी र प्रतिफलको हिसाबले उपयुक्त देखिएको भन्दै कम्पनीले अधिकतम १०० करोड रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ बमोजिम लगानीसम्बन्धी जानकारी सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

कम्पनीका सचिव शम्भु तिमिल्सिनाले नेप्सेलाई पठाएको पत्रमार्फत उक्त जानकारी गराएका हुन्।


Read Previous

राहत कोषमा १८ अर्बभन्दा बढी रकम मौज्दात, बाढीपीडित अझै गुम्बा र टेन्टमा

Read Next

भिजन लुम्बिनीले १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar