Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

दुई बर्षभित्र नेपालका होटेल प्लास्टिकरहित


काठमाडौं ।

नेपालका होटल तथा रिसोर्टहरुले दुई बर्षभित्र प्लास्टिकरहित सेवा दिने भएका छन् ।

जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री बनाउने लक्ष्यसहित होटल संघ नेपाल (हान)ले अब होटेलहरुलाई प्लास्टिकरहित बनाई सेवा दिने घोषणा गरेको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका माझ होटलहरुले प्लाष्टिकरहित सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

हानका अनुसार, अबको दुई वर्षभित्रमा होटल तथा रिसोर्टबाट प्लास्टिकरहित सेवा दिनेछन् । हानले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने लक्ष्य लिएको छ ।

कोभिडपछिको पर्यटनलाई लयमा ल्याउने लक्ष्यसहित होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्ने गरि प्लाष्टिकरहित सेवा सुरु भएको हानका अध्यक्ष सिर्जना राणाले बताइन् । आगामी दिनमा होटलमा काठका समाग्री उपयोग बढाउने र प्लास्टिकरहित होटेल बनाउने  उनको भनाई  छ ।

विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति सचेत हुर्दै यो अभियानको सरुवात गरिएको हानले जनाएको छ ।

‘होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नगर्ने गरि अभियान थालेका छौ ।’–हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने ।

हानको सहकार्यमा होटलमा प्लाष्टिक रहित सेवाले वातावरण संरक्षणमा मद्दत पुग्ने काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले बताइन् ।


Read Previous

हरित अर्थतन्त्रको विकासमा सबै सरोकारवाला निकायको सहकार्य आवश्यक: अध्ययन

Read Next

बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौः अर्थमन्त्री

Leave a Reply

Your email address will not be published.