Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

प्रादेशिक र स्थानीय सडकको लम्बाई ६४ हजार ६ सय किलोमिटर नाघ्यो, २१५ झोलुंगे पुल थपिए


काठमाडौं । प्रादेशिक र स्थानीयस्तरको कच्ची, ग्रावेल र कालोपत्रे गरी कुल ६४ हजार ६ सय १७ किलोमिटर सडक निर्माण भएको छ । यसअघि, २०७८ असारसम्म प्रादेशिक र स्थानीयस्तरका कच्ची, ग्रावेल र कालोपत्रे गरी जम्मा ६३ हजार ६ सय ९६ किलोमिटर सडक निर्माण भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म थप ९२१ किलोमिटर सडक निर्माण भएको हो । निर्मित सडकमध्ये कालोपत्रे, ग्रावेल र कच्ची सडकको अंश क्रमशः ७ प्रतिशत, २१. प्रतिशत र ७२.प्रतिशत रहेको छ ।

रणनीतिक सडक ३३ हजार ८ सय किलोमिटर नाध्यो

२०७८ फागुनसम्म १६ हजार ९ सय ३९ किलोमिटर कालोपत्रे ८ हजार १ सय ११ किलोमिटर खण्डास्मित र ८ हजार ८ सय २१ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाई ३३ हजार ८ सय ७१ किलोमिटर पुगेको छ । २०७८ असारसम्म १६ हजार ६ सय १४ किलोमिटर कालोपत्रे ८ हजार १ सय ७१ किलोमिटर खण्डास्मित र ८ हजार ९ सय ३१ किलोमिटर कच्ची सडक गरी ३३ हजार ७ सय १६ किलोमिटर कच्ची सड़क सडक रहेको थियो ।

चालु आवमा २१५ झोलुंगे पुल थपिए

स्थानीय पूर्वाधार अन्तर्गत चालु आर्थिक वर्षको फागुनसम्म थप २१५ झोलुङ्गे पुल र ४ सडकपुल निर्माण सम्पन्न भएको छ । यसअनुसार २०७८ फागुनसम्म ९ हजार ३८८ झोलुङ्गे पुल र ६२७ सडकपुल निर्माण भइसकेको छ । २०७८ असारसम्म ९ हजार १७३ झोलुङ्गे पुल र ६२३ सडकपुल निर्माण भएका थिए । पहिचान भएका १४३ तुईनमध्ये २०७८ फागुनसम्म १३४ तुइन झोलुङ्गे पुलद्वारा विस्थापित भएका छन् ।


Read Previous

७३८ स्थानीय सरकारसम्म पुग्यो इन्टरनेट सेवा

Read Next

फागुन मसान्तसम्मको बजेट कार्यान्वयनको उपलब्धी समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published.