Nepal Purbadhar

बुटवलमा फोटोन मोटर्स नेपालको नयाँ शोरुम सञ्चालनमा


काठमाडौं। फोटोन मोटर्स नेपालले पश्चिम नेपालमा आफ्नो सेवा विस्तार गर्दै रुपन्देहीको बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले सोमबार बुटवलको मणिग्राममा नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको जनाएको छ। शोरुम सञ्चालनमा आएसँगै रुपन्देही, पाल्पा, नवलपरासीलगायत आसपासका जिल्लाका ग्राहकले फोटोनका सवारीसाधन तथा बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्ने कम्पनीको विश्वास छ।

नयाँ शोरुमको उद्घाटन एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा गरेका थिए।

कम्पनीका अनुसार मणिग्रामस्थित शोरुम ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) अवधारणाअनुसार सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बरालले बुटवलमा शोरुम विस्तार गर्नु कम्पनीको व्यापार विस्तारसँगै पश्चिम नेपालका ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने दीर्घकालीन योजनाको हिस्सा भएको बताए। उनले देशभर ग्राहकलाई सहज र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए।

कम्पनीले नयाँ शोरुममार्फत पश्चिम नेपालमा आफ्नो सेवा सञ्जाल थप विस्तार भएको र ग्राहकलाई बिक्रीपछिको सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराइने जनाएको छ।

एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालि नेपालमा फोटोनका व्यावसायिक सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशका विभिन्न स्थानमा शोरुम तथा सेवा केन्द्र विस्तार गर्दै व्यावसायिक सवारीसाधन र बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।


Read Previous

बर्खायाममा विद्युत् अवरोध न्यूनीकरणका लागि झन्डै एक हजार कर्मचारी तयारी अवस्थामा

Read Next

नारायणगढ-मुग्लिन सडकमा पहिरो व्यवस्थापनका लागि उपकरण र जनशक्ति तयारी अवस्थामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar