Nepal Purbadhar

७३८ स्थानीय सरकारसम्म पुग्यो इन्टरनेट सेवा


काठमाडौ । चालु आर्थिक बर्षको ९ महिनामा ७३८ स्थानीय सरकारसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको छ । अर्थमन्त्री जर्नाद्धन शर्माले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्भेक्षणमा ७ सय ५३ स्थानीय निकायमध्ये ७३८ मा पुगेको हो ।

प्रतिवेदनका अनुसार, चालु बर्षको नौ महिनामा २५ स्थानीय निकायमा पहिलोपटक इन्टरनेट पुगेको थियो । प्रतिवेदन अनुसार, इन्टरनेटको पहुँच ६ हजार १ सय ९० वडा कार्यालयसम्म पुगेको छ ।

प्रतिवेदन अनुसार, नेपाल टेलिकम मार्फत सुरु गरिएको फोरजीको सेवा चालु आर्थिक बर्षको ८ महिनासम्ममा थप ४७ स्थनीय तहमा विस्तार भई ७३२ पुगेको छ । सर्भेक्षण अनुसार, फागुनसम्ममा १ हजार ५ सय ५७ किलोमिटर अप्टिकल फाइबर विच्छ्याउने कार्य भई १२ हजार १ सय ३९ पुगेको छ ।


Read Previous

फुसको छानालाई जस्तापाताले विस्थापित गर्न १ लाख २६ हजार लाभग्राहीसँग सम्झौता

Read Next

प्रादेशिक र स्थानीय सडकको लम्बाई ६४ हजार ६ सय किलोमिटर नाघ्यो, २१५ झोलुंगे पुल थपिए