Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

फुसको छानालाई जस्तापाताले विस्थापित गर्न १ लाख २६ हजार लाभग्राहीसँग सम्झौता


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना (फागुनसम्म) मासुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहका १ लाख ८९ हजार २ सय ३० फुसका छानालाई जस्तापाताले विस्थापन गर्न आवास संख्या निर्धारण भएको छ ।

यस अवधिमा १ लाख ३७ हजार १५ लाभग्राही छनौट भइसकेका छन । फागुसम्म १ लाख २६ हजार ६ सय ९८ लाभग्राहीसँग सम्झौता भएको छ । त्यसैगरी, २४ हजार ५ सय ९७ आवास इकाईहरूको निर्माण सम्पन्न भएको छ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत ९० किलोमिटर सडक स्तरोन्नति र ११५ किलोमिटर नाला निर्माण सम्पन्न भएको छ । यो काम तराई मधेशका जिल्ला सदरमुकाममा भएको हो । पूर्वाधार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति र नाली बनाउने काम भएको हो ।

टेकु स्थित बागमती नदी किनारमा अवस्थित २८ धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका धरोहरहरूको पुनःनिर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बागमती नदीमा सुख्खायाममा समेत न्यूनतम बहाव कायम राखे उद्देश्यले निर्माण शुरु गरिएको धाप ड्याम निर्माण करिव सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष ड्याममा पानी जम्मा गरी हिउँदमा पानी छोडिने व्यवस्था गरिएको छ

देशभर २७ नयाँ शहर र १३ स्मार्ट शहरको पूर्वाधार निर्माण कार्य शुरू भएको छ । मध्यपहाडी र हुलाकी राजमार्गका २७ स्थानमा नयाँ शहर विकास कार्यक्रम अन्तर्गत फागुनसम्म ३५ किलोमिटर सडक ट्र्याक खोलेर स्तरोन्नति र ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ ।

त्यस्तै, १८ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसैगरी, २३ किलोमिटर सतह नालाको निर्माण कार्य सम्पन्न भएको छ । शहरहरूको योजनाबद्ध रूपमा एकीकृत विकास गर्न १८५ नगरपालिकाहरूको एकीकृत शहरी विकास योजना तयार गरिएको छ ।

काठमाडौ उपत्यकामा उत्सर्जन हुने फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन बञ्चरेडाडाँ ल्यान्डफिल साईटको पहिलो चरणको ८० प्रतिशत र दोस्रो चरणको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ ।


Read Previous

४५ बर्षपछिकै सबैभन्दा न्यून पर्यटक आगमन

Read Next

७३८ स्थानीय सरकारसम्म पुग्यो इन्टरनेट सेवा

Leave a Reply

Your email address will not be published.