Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

४५ बर्षपछिकै सबैभन्दा न्यून पर्यटक आगमन


काठमाडौ । ४५ बर्षपछि नेपालमा सबैभन्दा न्यून पर्यटकको आगमन भएको छ ।

शनिबार संसदमा अर्थमन्त्री जर्नाद्धन शर्माले प्रश्तुत गरेको आर्थिक सर्भेक्षणले यस्तो देखाएको हो । सार्वजनिक सर्भेक्षण अनुसार, सन् २०२१ मा ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९६२ मा झरेको छ । सन् २०२० मा ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मा झरेको थियो । सन् २०२१ मा भने सो संख्याबाट पनि ३४.३ प्रतिशत घटेको हो । सर्भेक्षणका अनुसार, यो संख्या सन् १९७७ पछिको सबैभन्दा न्यून हो ।

आर्थिक सर्भेक्षणका अनुसार, सन् २०२१ मा विदेशी मुद्रा आर्जन समेत ४६ प्रतिशतले घटेर साढे १३ अर्बमा झरेको छ । प्रतिवेदन अनुसार प्रति पर्यटकको औसत बसाई १५.५ दिन र प्रतिदिन खर्च ४८ डलर छ, जुन सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो ।

सन् २०२१ भारतबाट सबै भन्दा बढी ४२.८३ प्रतिशत, अमेरिकाबाट १५.१३ प्रतिशत, बेलायतबाट ५.४७ प्रतिशत, चीनबाट ४.१० प्रतिशत र बंगलादेशबाट ३.३४ प्रतिशत नेपाल आएको सर्भेक्षणले देखाएको छ । यी पाँच राष्ट्रबाट ७१ प्रतिशत र बाँकी राष्ट्रबाट २९ प्रतिशत पर्यटक आएको सर्भेक्षणले देखाएको छ ।

सन् २०२१ मा हिमाल आरोहण गर्ने पर्वतारोहीको संख्या ७६२ छ । सन् २०२१ मा २० तारेस्तरका होटेल बढेर १६२ पुगेको छ । यसैगरी ट्राभल एजेन्सीको संख्या पनि चालु आर्थिक बर्षको फागुनसम्ममा ५८ बढेर ३ हजार ८ सय १ पुगेको छ ।

सर्भेक्षणका अनुसार, अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या २२ पुगेको छ भने निर्माण सम्पन्न विमानस्थलको संख्या ३७ पुगेको र ३२ विमानस्थल नियमित रुपमा सञ्चालनमा छन् ।

भ्रमण गन्तव्य लुम्बिनी
बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको छ । सन् २०२१ मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली ४ लाख ६३ हजार ९ सय ६३, भारतीय ४३ हजार ७ सय ३२ (स्थल मार्ग र हवाई मार्ग समेत गरी र अन्य मुलुकका १ हजार १ सय ९७ जना रहेका छन् ।

सन् २०२१ मा आन्तरिक पर्यटकहरूको लुम्बिनी भ्रमण उत्साहजनक रहेको र भारतीय पर्यटकको सङ्ख्या १७.५ प्रतिशतले वृद्धि भएको छ । तथापि, सन् २०२१ मा तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटकको सङ्ख्या न्यून रहेको छ । सन् २०२० मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली १ लाख ९७ हजार २ सय ५२ भारतीय ३७ हजार २ सय ६ र अन्य मुलुकका ४५ हजार ४ सय ६९ जना रहेका थिए ।

२२१ जनशक्ति उत्पादन
चालु आर्थिक वर्ष २०७८ / ७९ को फागुनसम्म होटल व्यवस्थापनतर्फ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट २२१ जनशक्ति उत्पादन भएका छन् । २०७८ फागुनसम्म यस संस्थाबाट पर्यटन क्षेत्रसम्बन्धी तालिम प्राप्त गर्ने जनशक्ति ५७ हजार ७ सय ३९ पुगेको छ। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले २०७८ फागुनसम्ममा ३ हजार ३४ जनालाई विभिन्न विधामा पर्वतीय पर्यटनसम्बन्धी तालिम दिएको छ ।

विक्रम सम्वत २०७४ बाट शुरु भएको शैक्षिक कोर्षतर्फ १९२ जना अध्ययनरत रहेका छन्। हिमाल आरोहण गर्ने पर्वतारोहण दलको सङ्ख्या सन् २०२१ मा ७६२ रहेको छ । सन् २०२० मा यस्तो सङ्ख्या १५३ रहेको थियो । त्यसैगरी पर्वतारोहीको सङ्ख्या सन् २०२० को ४४७ बाट बढेर सन् २०२१ मा ३,४४६ पुगेको छ।

६३ करोड ५२ लाख ४९ हजार रुपैयाँ
कोभिङ–१९ को कारण पर्वतारोहीको सङ्ख्यामा भएको कमी सँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टी सन् २०२० मा १ करोड ४९ लाख ७९ हजार रुपैयाँ संकलन भएकोमा सन् २०२१ पर्वतारोहीको उत्तसाहजनक अगमनसँगै पर्वतारोहणबाट प्राप्त हुने रोयल्टीमा व्यापक वृद्धिसँगै भई ६३ करोड ५२ लाख ४९ हजार रुपैयाँ संकलन भएको छ।

२०७७ फागुनसम्म तारेस्तरका होटल १४२ रहेकोमा २०७८ फागुनसम्म १६२ पुगेको छ। तारेस्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या २०७७ फागुनसम्म १,१७१ रहेकोमा २०७८ फागुनसम्म १.१८३ पुगेको छ ।

बेड १५ हजार ७ सय ७५
यस अवधिमा तारेस्तरका होटलको शैया सङ्ख्या १,८७५ थप भई १५ हजार ७ सय ७५ पुगेको छ । त्यसैगरी, तारेहोटल बाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शैया सङ्ख्या ६८७ थप भई ३२ हजार ६ सय ३७ पुगेको छ । कुल शैया सङ्ख्या २०७७ फागुनको तुलनामा ५.८ प्रतिशतले वृद्धि भई २०७८ फागुनमा ४८ हजार ४ सय १२ पुगेको छ ।
२४ वटा क्यासिनो
२०७८ फागुनसम्म देशभरमा २४ वटा क्यासिनो दर्ता भई सञ्चालनमा रहेका छन्। आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्म क्यासिनोबाट ९१ करोड ६० लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । २०७८ फागुनसम्म ५८ ट्राभल एजेन्सीहरू थप भई ३,८०१ पुगेको छ । २०७७ फागुनसम्म यस्तो सङ्ख्या ३,७४३ रहेको थियो ।

२०७७ फागुनसम्म २,७९७ ट्रेकिङ एजेन्सी दर्ता भएकोमा २०७८ फागुनसम्म २४ थप भई २.८२१ पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म पाँच न्याफ्टिङ्ग एजेन्सी थप भई २०७८ फागुनसम्म ८७ पुगेको छ । २०७८ फागुनसम्म पर्यटक यातायात सेवा व्यवसायीको सङ्ख्या ८५ पुगेको छ । २०७७ असारसम्म पर्यटन विभाग र प्रदेश पर्यटन कार्यालयबाट समेत गरी ४.२४१ लाई टुर गाईड अनुमतिपत्र जारी भएकोमा २०७८ फागुनसम्म यस्तो सङ्ख्या ४.५५७ पुगेको छ। २०७८ फागुनसम्म १७ हजार ७ सय ६६ ट्रेकिङ्ग गाईड अनुमितपत्र जारी भएकोमा यस्तो सङ्ख्या बढेर २०७८ फागनुसम्म १९ हजार १ सय ६६ पुगेको छ । आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्ममा थप ४४ रिभर गाइडको अनुमतिपत्र जारी भई २०७८ फागुनसम्म ३२४ अनुमतिपत्र जारी भएको छ।
उडान गर्ने वायुसेवाको २२ हवाई सम्झौता ४१देश
२०७८ फागुनसम्म नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको सङ्ख्या २२ रहेको छ । त्यसैगरी, द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशहरूको सङ्ख्या ४१ पुगेको छ भने दुइतर्फ हवाई सिट सङ्ख्या करिब वार्षिक ८० लाख सिट रहेको छ । आन्तरिकतर्फ उडान भर्ने वायुसेवाको सङ्ख्या २० रहेको छ । निर्माण सम्पन्न भएका विमानस्थलको सङ्ख्या ५३ रहेको छ। सबै मौसममा सञ्चालन हुन सक्ने कालोपत्रे भएका विमानस्थलको सङ्ख्या ३७ पुगेको छ । यी मध्ये ३२ विमानस्थल नियमित सञ्चालनमा रहेका छन् । अन्तर प्रदेश उडान अन्तर्गत पोखरा–भरतपुर, पोखरा– धनगढी, पोखरा–नेपालगञ्ज, पोखरा भैरहवा, पोखरा–सिमरा हवाई उडान सञ्चालन भई ५ प्रदेशसँग हवाई उडान सम्पर्क विस्तार भएको छ । ८.७४ सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फ यात्रु आवागमनको सङ्ख्या ११ लाख ५ हजार ८ सय ५८ रहेकोमा सन् २०२१ मा यस्तो सङ्ख्या ६१ प्रतिशतले बढेर १७ लाख ७९ हजार ५ सय ३९ पुगेको छ ।


Read Previous

९ महिनामा ६ सय २० मेगावाट विद्युत उत्पादन

Read Next

फुसको छानालाई जस्तापाताले विस्थापित गर्न १ लाख २६ हजार लाभग्राहीसँग सम्झौता

Leave a Reply

Your email address will not be published.