
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ।

एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरे। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादन प्रदर्शनमा राखिएका छन्।
आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक तथा प्रदर्शन गरिनेछ।
एक्स्पोमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै विद्युतीय सवारी, नयाँ प्रविधि र मोबिलिटीसँग सम्बन्धित उत्पादनहरू समेत राखिएका छन्।

📷 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
