Nepal Purbadhar

बजेटमार्फत सबै आयोजनाको १ वर्ष म्याद थप्न निर्माण व्यवसायीको सुझाव (पूर्ण पाठसहित)


काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेट्नुपर्ने निर्माण क्षेत्रका २४ बुँदे सुझाव सरकारलाई बुझाएको छ ।महासंघले बजेटमा सबै आयोजनाको म्याद १ वर्ष थपको व्यवस्था गर्न सुझाव दिएकाे छ ।

त्यस्तै, २०७६ असार मसान्तसम्मको निर्माण व्यवसायीहरुले तिर्नुपर्ने आयकरको बाँकी रकम कोभिड–१९ र जे.भी. पार्टनरले गर्दा लामो समयदेखि बाँकी रहेको छ । सो मुल्य अभिवृद्धि करको साँवा रकम २०७९ साल पौष मसान्तसम्म बुझाएमा एकपटकको लागि सरकारले बजेटमार्फत मिनाहा गरी शुरुको साँवा रकम भुक्तानी भएमा फरफारक गरिनुपर्ने सुझाव दिएको छ ।

महासंघले निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्दा खरिद गरिएका हेभी इक्युप्मेण्ट सरह निर्माण कार्यमा प्रयोग हुने विभिन्न ट्रिपर, ट्याङ्कर, पिकअप लगायत हलुका सवारी साधनमा समेत परियोजनाको सिफारीसमा भन्सार महसूल शतप्रतिशत छुट हुनुपर्ने सुझाव दिएको छ ।

सुझावकाे पूर्ण पाठः FCAN Budget Suggestion for 079-80

Facebook Comments

Read Previous

वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव

Read Next

बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्धः मन्त्री झाँक्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar