
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो। अन्तिम २ ओभरमा २४ रन जोड्दै लुम्बिनीले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। त्यस्तै निरोशन डिक्वेलाले २७, दिलिप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए।
लुम्बिनीका ओपनर डार्सी सर्टलाई ललित राजवंशीले पहिलो बलमै आउट गर्दै जनकपुरलाई सुरूआती सफलता दिलाएका थिए।
जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २ विकेट लिए। ललित राजवंशी, हरमीत सिंह र अभिषेक तिवारीले १-१ विकेट हात पारे।

