Nepal Purbadhar

‘गणेशमान र बीपीका छोरा कहाँ छन् मलाई थाहा छैन, तर उहाँहरूको आत्मा यहाँ छ,’ – गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको इतिहाससँग जोडिएका नेता बीपी कोइराला र गणेशमान सिंहको योगदान स्मरण गर्दै उनीहरूको राजनीतिक आदर्श र विचारलाई अहिलेको सन्दर्भमा अघि बढाउनुपर्ने संकेत गरे।

‘गणेशमान र बीपीका छोरा कहाँ छन् मलाई थाहा छैन, तर उहाँहरूको आत्मा यहाँ छ,’ थापाले भने।

थापाले कांग्रेसको वर्तमान नेतृत्व र कार्यकर्ताले विगतको विरासतमा मात्रै निर्भर नभई नयाँ पुस्ताका प्रश्न, अपेक्षा र चुनौतीको सामना गर्न सक्नुपर्ने बताए।

विगतका योगदानको चर्चा गरेर मात्रै अहिलेका प्रश्नको जवाफ दिन नसकिने बताएका छन्। उनले वर्तमानका प्रश्नको जवाफ वर्तमानमै दिनुपर्ने भन्दै कांग्रेसले त्यसको जवाफ दिनुपर्ने बताए।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले पार्टीले विगतको इतिहास र योगदानलाई सम्मान गर्दै वर्तमानका चुनौती र प्रश्नको सामना गर्नुपर्ने धारणा राखे।

‘पहिलेका कुरा गरेर हुँदैन, अहिलेका प्रश्नमा अहिलेकै उत्तर दिनुपर्छ। कांग्रेसले त्यो जवाफ दिनुपर्छ,’ थापाले भने।


Read Previous

‘खुल्लामञ्च खुल्दा संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’-गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar