Nepal Purbadhar

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभाव, हवाई सुरक्षा सतर्कता जारी


काठमाडौं। भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपास प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधबारदेखि शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा, हुरीबतास, चट्याङ र कम भिजिबिलिटीको सम्भावना रहेकाले हवाई सेवा प्रदायक तथा विमानस्थल सञ्चालकलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

प्रतिकूल मौसमका कारण उडान तथा अवतरणमा समस्या आउन सक्ने भएकाले विमानस्थल सञ्चालन, धावनमार्ग निरीक्षण, हवाई ट्राफिक व्यवस्थापन, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणाली तयारी अवस्थामा राख्न प्राधिकरणले भनेको छ।

त्यस्तै, वायुसेवा सञ्चालक र उडान चालक दललाई उडानअघि मौसमको मूल्यांकन गर्न, आवश्यक इन्धन व्यवस्थापन गर्न र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।


Read Previous

मेची करिडोरको ठेक्का रद्द, ४७ प्रतिशत मात्रै काम

Read Next

निर्वाचन प्रहरीको पोसाक खरिदबारे एक बोरा कागजात, उपसमिति बैठकमा सुनार अनुपस्थित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar