Nepal Purbadhar

अर्नब चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित


काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण काठमाडौं उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।

शुक्रबार बिहानैदेखि बदली भएको मौसममा समय–समयमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

वर्षाका कारण उपत्यकाका मुख्य सडक तथा भित्री सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ । सडकमा पानी जम्दा सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ भने दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारण प्रभावित भएका छन् ।
चक्रवातको अप्रत्यक्ष प्रभावका कारण नेपालमा मौसम बदली भई वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । मौसममा आएको परिवर्तनसँगै चिसोसमेत बढेको छ ।
लगातारको वर्षालाई ध्यानमा राख्दै नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक कामबाहेक जोखिमपूर्ण स्थानमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Read Previous

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

Read Next

माटोसँग खेलेर बित्यो जीवन, आजकल पेसा संकटको चिन्ता (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar