
काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ।
नेपालगञ्जबाट १३ यात्रु लिएर गएको जहाज बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा पांग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
जहाजमा ७ विदेशी र ६ नेपाली गरी १३ यात्रु थिए। उनीहरूमध्ये ११ पुरुष र २ महिला छन्। सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।
जहाज अहिले धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच भइरहेको छ।

