Nepal Purbadhar

वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर बन्दै, यी जिल्लामा अझै छ जोखिम


काठमाडौं। बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टापछि कमजोर बन्ने सम्भावना रहे पनि त्यसको प्रभावले नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको जोखिम कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी पहाडी क्षेत्रमा सुन्तला संकेत गरिएको छ। असोज ९ गते ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङमा रातो संकेत गरिएको छ।

झापा, मोरङ, सुनसरीसहित मधेशका तराई जिल्ला तथा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बैतडीमा पहेँलो संकेत गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सकेसम्म रातिको समयमा यात्रा नगर्न मौसमविद्ले आग्रह गरेका छन्।


Read Previous

पहिरो पन्छाएसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन, कुन राजमार्गको अवस्था के छ? हेर्नुहोस्

Read Next

जुफाल एयरपोर्टमा सीता एयरको जहाजको पांग्रा खुस्कियो, यात्रु सबै सकुशल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar