साहसी गोर्खाली पूर्णिमाः
फोटो पत्रकार पूर्णिमा श्रेष्ठले शुक्रबार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा (८५८६ मिटर) को सफलतापूर्वक आरोहरण गरेकी छिन् । गोर्खा घर भएकी र कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर)का साथै विश्वको सातौँ (८१६७ मिटर) अग्लो धौलागिरी (प्रथम), मनास्लु (८१६३ मिटर), अमदब्लद (६८१२ मिटर) र अग्लो अन्नपूर्ण प्रथम (८०९१ मिटर) हिमालको आरोहण गरिसकेकी छिन् ।
आठ हजार भन्दा माथिका सबै हिमाल आरोहण गरिसकेकी पूर्णिमाले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा २० घण्टाको कठिन यात्रापछि शिखर चुमेकी थिइन । अक्सिजन मास्कको समस्या, हेडलाइटले काम नगरेको जस्ता कठिनताको बाबाजूद लगभग मृत्युको नजिक पूगेर पनि कीर्तिमान हासिल गरेकी पूर्णिमाको कञ्चनजंगा आरोहण तस्वीरमा ।
Tags: #पूर्णिमा श्रेष्ठ #हिमालआरोहण