
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत अर्थात् ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। बोनस शेयरको कर प्रयोजनका लागि कम्पनीले ०.७८९४७ प्रतिशत नगद लाभांशसमेत प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते बिहीबार काठमाडौंस्थित होटल इम्पेरियलमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।


