
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष विक्रम बिष्ट सम्मानित भएका छन् । संविधान दिवसका दिन राजधानी काठमाडौंमा उपाध्यक्ष एवम् उर्जा उद्यमी विष्ट सम्मानित भएका हुन् ।
बिष्टलाई दाँवाली मिलन क्लब काठमाडौले ऊर्जा तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्र्याएबापत सम्मान गरेको हो । बिष्टलाई पूर्व अर्थमन्त्री एवम् बरिष्ठ साहित्यकार शंकर प्रसाद कोइरालाले सम्मान गरेका हुन् ।
कार्यक्रममा बिष्ट सहित मुख्यसचिव गोबिन्दबहादुर कार्की, सचिव उत्तर कुमार खत्री, प्रहरी अतिरिक्त महानिरिक्षक इश्वर काकी र कर्मचारी सञ्चय कोषका प्रशासक विजयकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।विभिन्न क्षेत्रमा उच्च जिम्मेवारीमा पुगेका व्यक्तिहरूसँग सामूहिक रूपमा सम्मानित हुन पाउँदा खुसी लागेको बिष्टले बताए ।

भोजपुर तथा अन्य ठाउँबाट विभिन्न क्षेत्रमा उच्च जिम्मेवारीमा पुगेका व्यक्तिहरूको योगदानको कदर स्वरुप सम्मान गरिएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।


