Nepal Purbadhar

नेपाल बाल संगठनमा मन्त्री बादीको छड्के अनुगमन, केही दिनमै ठोस निर्णय लिइने


काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार मन्त्रालयको टोलीसहित नक्सालस्थित नेपाल बाल संगठनमा छड्के अनुगमन गरेकी छन्।

अनुगमनका क्रममा उनले संगठनको प्रशासनिक, वित्तीय तथा बाल संरक्षणसम्बन्धी गतिविधि, सेवा प्रवाह र समग्र सञ्चालन अवस्थाबारे जानकारी लिइन्। सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारात्मक कदम तत्काल अघि बढाउन उनले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिइन्।

मन्त्री बादीले नेपाल बाल संगठनमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्दै बाल संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन तथा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिइन्।

उनले संगठनका देशभर रहेका जिल्ला संरचना तथा स्वामित्वमा रहेका सम्पत्तिको अवस्था, संरक्षण, उपयोग र व्यवस्थापनका विषयमा पनि विशेष चासो व्यक्त गरिन्।

अनुगमनबाट प्राप्त तथ्य, सुझाव र संस्थाको समग्र अवस्थाका आधारमा नेपाल बाल संगठनका विषयमा केही दिनभित्रै ठोस निर्णय गरिने मन्त्री बादीले बताइन्।


Read Previous

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

Read Next

ऊर्जामन्त्रीद्वारा भेरी-बबई डाइभर्सन आयोजनाको अनुगमन, निर्माण ढिलाइ भएकोमा असन्तुष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar