Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

अर्थमन्त्री र सिएनआई प्रतिनिधि भेट


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो ।

भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिदै बिदेशी मुद्राको संचितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने दुई मुख्य बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रको शुरुवातमा उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताए । नेपालको कूल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कूल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको सिएनआईको कार्यपत्रमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै, नेपालको बास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जिडिपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको छ । यसवाहेक कूल बैदेशिक मुद्रा संचितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ बिलियन डलर रहेको कार्यपत्रमा उल्लेख थियो । त्यस्तै, अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत बिन्दुमा पुगेको कार्यपत्र मार्फत जानकारी दिइएको थियो । अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य-मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताए ।

सिएनआई अध्यक्ष बिष्णुकुमार अग्रवालले बिदेशी मुद्राको संचितीमा परेको चापबाट माथी उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए । उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक फरक बनाउन उनको सुझाव छ ।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै उनले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए । ‘सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्छ’ उनले भने ।

अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नुहने कुरा आफुले बारम्बार भन्दै आएको बताए । ‘केही व्यक्तीले देशको अर्थ व्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्धा पनि बनाएका छन्’ मन्त्री शर्माले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका जस्तो होइन र हामी श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेका छौं ।’ उनले आगामी आब ०७९/८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि दिए ।

नेपाल र श्रीलंकाको अर्थव्यवस्थाबारे तुलनात्मक विवरण

विवरण नेपालको सुचकाङ्क श्रीलंकाको सूचकाङ्क
जिडिपी ३३.६५ बिलियन डलर ८०.७ बिलियन डलर
बास्तविक ऋण १४.५६ बिलियन डलर  ८९.५ बिलियन डलर
कूल ऋण/जिडिपी ४३ प्रतिशत १११.४२ प्रतिशत
कूल वैदेशिक मुद्रा संचिती (सुन र डलर) ९.५८ अर्ब डलर  १.९४ बिलियन डलर
मूद्रास्फ्रिती ७.१ प्रतिशत २५ प्रतिशत

स्रोतः नेपाल उद्योग परिसंघ


Read Previous

हिमाली बस्ती विकास गर्ने १० हिमाली सहरको गुरुयोजना अध्ययन सकियो

Read Next

उपल्लो र माथिल्लो खिम्तीको विद्युत जिरी सबस्टेसनमा जोडिने

Leave a Reply

Your email address will not be published.