
फाइल तस्बीर।
काठमाडौं। धादिङको कृष्णभिरमा पहिरो पन्छाएपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो।
तत्काल दुईतर्फी यातायात सञ्चालनमा ल्याउन भने समस्या रहेको छ। थप पहिरो नखसेमा आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आउने छ।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोले अस्थायी डाइभर्सनसमेत बगाएपछि राजमार्ग रातभर पूर्ण रूपमा बन्द भएको थियो।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको हो।
अहिले पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइए पनि कृष्णभिर क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था छ।

