Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

हिमाली बस्ती विकास गर्ने १० हिमाली सहरको गुरुयोजना अध्ययन सकियो


काठमाडाैं । हिमाली बस्तीलाई विकास गर्ने गरी घोषणा गरिएका १० हिमाली सहरको गुरुयोजना अध्ययनको काम सकिएको छ । सहरीकरणमार्फत स्थानीय वस्तीलाई विकास गर्ने र त्यहाँको सस्कृति र उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।

संघीय सरकारले हिमाली सहर घोषणा थालेको ५ वर्षमा अध्ययनको काम सम्पन्न भएको नयाँ सहरी आयोजना समन्वय कार्यालयका निर्देशक हिमाल केसीको भनाइ छ । पहिलो पटक आर्थिक वर्ष २०७४/७५ देखि ५ वटा ठाँउलाई छनौट गरी स्थानीय मौलिकतालाई जोगाउने र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र स्थानीय विशेषतालाई विकास गर्ने लक्ष्य छ । यही लक्ष्यलाई पूरा गर्न सरकारले हिमाली सहरको अवधारणा ल्याएको हो ।

सरकारले पहिलोपटक पर्यटक स्थलहरु लुक्ला, जोमसोम, सिमिकोट र स्याफ्रुबेँसी विकास गर्ने गरी २०७४ मा योजना घोषणा ल्याएको थियो । यी क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने मूख्य उद्देश्य छ । साथै पर्यटकलाई थप दिन बस्नको लागि आकर्षित गर्ने गरी अहिले उपलब्ध भन्दा थप पूर्वाधार थपिने योजना छ । त्यस्तै, मार्तडीमा भएको जडीबुटीको सम्भावनालाई थप उपयोग गर्न सकिने छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा थप ५ वटा हिमाली सहर निर्माणको योजना ल्याएको छ । यसरी अहिलेसम्म कुल १० हिमाली सहरका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिसकेको छ । नयाँ सहर आयोजना समन्वय कार्यालयको समन्वयमा हिमाली बस्तीको अध्ययन गर्ने काम भइसकेको छ । मन्त्रिस्तरीय बैठकको निणर्य हिमाली सहरको अध्ययन गरिएको हो । अध्ययनको लागी सहरी विकास तथा भवन निर्माण विभागले आवश्यक लागत र अवधिको योजना तयार पारेको थियो । साथै प्रत्येक सहरको अध्ययनका लागी कम्तिमा पनि न्युनतम १२ लाख रुपैयाँदेखि र अधिकतम २० लाख रुपैयाँ सम्म खर्च भएको छ ।

हिमाली क्षेत्रमा जनसंख्या अड्याउने नीति

राष्ट्रिय तथ्यांक विभागले गरेको जनगणनाले हिमाली क्षेत्रमा जनसंख्या वृद्धिदर ऋणात्मक देखाइरहेको छ । त्यस क्षेत्रमा मानव उपस्थिति बढाउन हिमाली सहर सहायक हुने सरकारको अपेक्षा छ । हिमाली क्षेत्रमा हुने जडिबुटी, उत्पादन र ट्रकिङ रुट विकासमा हिमाली सहरले महत्वपूणर् भुमिका खेल्ने केसीको भनाइ छ । स्थानीय सम्भावनालाई खोज्ने विषयलाई प्राथमिकता दिइनेछ । हिमाली क्षेत्रको बस्ती, खुला ठाँउलाई यथावत राख्ने र अझ वृद्धि गर्नेमा हिमाली सहर केन्द्रित हुनेछन । साथै आर्थिक क्रियाकलापलाई प्रवद्धन गरिनेछ । स्थानीयको जीवनस्तर गुणस्तरीय बनाउनमा भुमिका खेल्नेछ ।

हिमाली सहरको सूची
१) लुक्ला, सोलुखुम्बु
२) स्याफ्रुबेंसी, रसुवा
३) जोमसोम, मुस्ताङ
४) सिमकोट, हुम्ला
५) मार्तडी, बाजुरा
६) कोल्टी, बाजुरा
७) दुनै, डोल्पा
८) फुङलिङ, ताप्लेजुङ
९) चामे, मनाङ
१०) किमाथांका, संखुवासभा

प्रदेश नम्बर एक
सरकारले प्रदेश नम्बर एकको सोलखुम्बु, संखुवासभा, ताप्लेजुंग जिल्ला छनौट गरेको छ । उक्त जिल्लाका पाँच वटा बस्तीहरु हिमाली सहरको रुपमा विकास गरिनेछ । जसमध्ये लुक्ला, किमाथान्का, फुङलिङ छनौट गरिएको छ ।

बागमति प्रदेश
प्रदेश नम्बर तीनमा सरकारले रसुवा जिल्ला छनौट गरेको छ । जिल्लाको स्याफ्रुवेसीलाई हिमालीे सहरको रुपमा विकास गरिनेछ ।

गण्डकी प्रदेश
सरकारले प्रदेश नम्बर चारको मुस्ताङ्ग र मनाङ्ग जिल्ला छनोट गरेको छ । ती जिल्लाका जोमसोम र चामे सहरलाई हिमाली सहरको रुपमा विकास गर्ने भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको हुम्ला र डोल्पा जिल्ला छनौट भएका छन् । जिल्लाका सिमकोट, दुनैलाई विकासका लागी सरकारले छनोट गरेको छ ।

प्रदेश नम्बर सात
प्रदेश नम्बर सातको बाजुरा जिल्लाको मार्तडी र कोल्टी सहर छनौट भएका छन् ।


Read Previous

मुलुकभर साढे ५६ लाख घर, सबा तीन लाख सरकारी भवन

Read Next

अर्थमन्त्री र सिएनआई प्रतिनिधि भेट

Leave a Reply

Your email address will not be published.