Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न निर्देशिका जारी


अति संवेदनशलि क्षेत्र बाहिर पूर्वाधार निर्माण गर्नुपर्ने

६ बैशाख, काठमाडौ
सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गरेको छ । वन्यजन्तुको आवातजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजुन्तुबीचको द्धन्द्ध न्यूनीकरण गर्नको लागि निर्देशिका जारी गरिएको हो । वन्यजन्तुको बासस्थान र हिँडडुलका क्षेत्रमा निर्माण हुने रेखात्मक प्रकृतिका पूर्वाधार संरचनालाई वन्यजुन्तुमैत्री बनाउनुपर्ने भएकाले निर्देशिका ल्याएन ल्याइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ (क) ले दिएको अधिकारलाई प्रयोग गरी सरकारले यो निर्देशिका तयार गरेको हो ।

अति संवेदनशलि क्षेत्र बाहिर पूर्वाधार निर्माण गर्नुपर्ने

निर्देशिकाले कुनै पनि पूर्वाधार निर्माणको लागि सम्भाव्यता अध्ययन गर्दा त्यस्तो पूर्वाधार अति संवेदशील क्षेत्रभन्दा बाहिर निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ । अति संवेदशील क्षेत्र भन्नाले राष्ट्रिय निकुञ्ज, आरक्ष, जैविक मार्ग वा रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्रलाई तोकिएको छ । तर, अति संवेदनशील क्षेत्रभित्र मानवस्तद्धी भएको वा अन्य कारणले त्यस्तो क्षेत्रको प्रयोग गर्नुवाहेक अन्य उपयुक्त विकल्प नभएको अवस्थामा त्यस्तो क्षेत्रमा समेत पूर्वाधार निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्देशिकाले अति संवेदनशील क्षेत्रमा पूर्वाधार निर्माण गर्नु पर्ने भएमा सम्बन्धित निकाय वा आयोजना निर्माण गर्ने पक्षले वन्यजन्तुको बासस्थान, जैविक मार्ग र पारिस्थितिकीय प्रणालीमा उल्लेखनीय प्रतिकुल प्रभाव नपर्ने विकल्पको प्रस्ताव गर्नुपर्नेछ । विकल्पको प्रस्ताव गर्दा भौतिक, जैविक, सामाजिक तथा आर्थिक पक्षलाई मध्यनजर गरी दिगो हुने गरी गर्नुको साथै पूवाृधार निर्माण गर्दा वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गर्ने सुनिश्चित गर्नुपर्नेछ ।

अति संवेदनशील क्षेत्रमा अध्ययन गर्न पूर्व सहमति लिनुपर्ने

अति संवेदनशील क्षेत्रमा पूर्वाधारको सम्भाव्यता अध्ययन गर्नको लागि सम्बन्धित निकाय वा प्रपद्र्धकले वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । सहमति लिनको लागि निवेदन दिनुपर्ने र त्यसबारे मन्त्रालयले आवश्यक जाँचबुझ गरेरपछि मात्र पूर्वाधारको सम्भाव्यता अध्ययन गर्न उपयुक्त हुने देशमा २१ दिनभित्र सहमति दिने व्यवस्था गरिएको छ । अति संवेदनशील क्षेत्र वा संवेदनशील क्षेत्रमा प्रयोग हुने गरी प्रस्ताव गरिउका कुनै पनि पूर्वाधार आयोजनाको अध्ययन गर्दा सुरुवातदेखि नै त्यस्तो पूर्वासँगव सम्बन्धित सरोकारवाला निकायसँग छलफल र समन्वय गर्नुपर्नेछ । संवेदनशील क्षेत्रअन्तर्गत वतावरण संरक्षण क्षेत्र, संरक्षण क्षेत्र, वन संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, विभिन्न प्रकारका बासस्थानको संगमक्षेत्र रहेका छन् ।

अति संवेदनशील क्षेत्र, संवेदनशील क्षेत्र र तराई तथा भित्री मधेशमा पर्ने अन्य वनक्षेत्रमा पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना निर्माण सम्बन्धी विस्तृत आयोजना प्रतिवेदन तयार गर्नुअघि सम्बन्धित निकाय वा प्रवद्र्धले प्राविधिक टोलीबाट अध्ययन गराई प्रतिवेदन तयार गर्नुपर्नेछ । त्यसरी तयार भएको प्रतिवेदनमा आधारित भइ, लागत तोकेर निर्माणको काम गर्न सकिनेछ ।

वन्यजन्तुमैत्री संरचना निर्माण

स्वीकृत भएको विस्तृत आयोजना प्रतिवेदन र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनअनुसार प्रतिवेदनमा तोकिएको स्थान तथा डिजाइनमा वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्नेछ । वातावरणीय अध्ययन प्रतिवेदनले औल्याएका प्रतिकुल प्रभाव न्यूनकरणका उपायसमेत अवलम्बन गर्नुपर्नेछ । निर्माण गरिने अण्डरपास संरचना र ओभरपास संरचनाको दायाँबायाँ पर्खाल, गाइडिङ फेन्स, ध्वनी प्रतिरोधक लगायतका संरचना बनाउँदा सम्भव भएसम्म स्थानीय सामाग्रीको प्रयोग गरी वन्यजन्तुको बासस्थानसँग मिल्दोजुल्दो हुने गरी निर्माण गर्नुपर्नेछ ।

पूर्वाधार तथा वन्यजन्तुमैत्री संरचना निर्माण गर्दा गर्न नहुने कार्य

वन्यजन्तुको बासस्थान, जैविक मार्ग र पारिस्थितिकीय प्रणालीमा प्रतिकुल प्रभाव पर्ने कार्य, अति संवेदनशी तथा संवेदनशी क्षेत्रभित्र फोहोर फाल्न, कुनै तरिकबाट माटो, जल, वायु वा ध्वनी प्रदुषण गर्न हुदैन । अध्ययन प्रतिवेदनले तोकेको स्थान बाहेकका ठाँउमा कामदार शिविर, निर्माण सामाग्री भण्डारण स्थल, फोहोर व्यवस्थापन स्थल, निर्माण सामाग्री प्रशोधन स्थलको रुपमा प्रयोग गर्न पाइनेछैन् । स्वीकृति लिएका बाहेक रुख विरुवा कटान गर्न, दाउरा संकलन गर्न, आयातित विरुवा रोप्न पाइने छैन । कुनै पनि वन्यजन्तु मार्न, लखेट्न, समात्न, तर्साउन, शिकार खेल्न वा कुनै प्रकारको हानी पुर्याउन तथा माछा मार्न पाइनेछैन । अनुमति प्राप्त नभएका निर्माण सामाग्री, औजार, मेसिन, उपकरण तथा विष्फोटक पदार्थ प्रयोग गर्न पाइनेछैन । विस्तृत आयोजना र स्वीकृत वातावरणीइ अध्ययन प्रतिवेदनमा निषेध गरिएका काम गर्न पाइनेछैन ।

निर्माणधीन वा निर्माण भइसकेका पूर्वाधारमा वन्यजन्तुमैत्री संरचना बनाइने

निर्देशिका प्रारम्भ हुनुअघि निर्माण शुरु भएका पूर्वाधारमा वन्यजन्तुमैत्री संरचना निर्माण गर्न आवश्यक देखिएमा वन संरक्षक वा वन अधिकृतले त्यस्तो संरचना निर्माणको लागि सिफारिस गर्नेछ । त्यसपछि सहकार्यमा आवश्यकताअनुसार अध्ययन गराई वन्यजन्तुमैत्री संरचना निर्माण गर्नुपर्नेछ । यो निर्देशिका आउनुअघि नै निर्माण भइसकेका पूर्वाधारमा पनि आवश्यक संरचना निर्माण गर्न आवश्यक देखिएमा अध्ययन गराइ उपयुक्त संरचना निर्माण गर्नुपर्नेछ । संरचनाको रेखदेख तथा मर्मत सम्भार निर्माण गर्ने निकायको हुने व्यवस्था गरिएको छ ।


Read Previous

ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट

Read Next

ऊर्जा दक्षताका लागि विशेष कार्ययोजना बनाउँदै सरकार

Leave a Reply

Your email address will not be published.