Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

ऊर्जामन्त्री भुसालसँग एडिबीका उपाध्यक्षको भेट


५ वैशाख काठमाडौँ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष सिजीन चेनले शिष्टाचार भेट गरेका छ । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच एडिबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे विचार विमर्श भएको छ ।

भेटमा ऊर्जा मन्त्री भुसालले नेपालको विकासमा एडिबीले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन । आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूणर् सहयोग हुने विश्वास व्यक्त गरिन । ऊर्जा एवं सिँचाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्रीको भनाइ थियो ।

पछिल्लो समय नेपाल-भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूणर् सहकार्य शुरु भइ विद्युत व्यापार शुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीय स्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो पनि खुलेको बताइन । ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत निर्यात गर्ने अवस्था आउँछ’ उनले भनिन् ।

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराइन । मन्त्री भुसालले जलासयुक्त जलविद्युत आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गरिन । उनले पूर्व-पश्चिम प्रशारण लाइन निर्माणमा पनि एडिबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन् ।

त्यस अवसरमा एडिबीका उपाध्यक्ष चेनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूणर् काम गरेको र अन्तरदेशीय विद्युत व्यापार नेपालका लागि महत्वपूणर् भएको उल्लेख गरे । ‘भारतसँग ३६५ मेगावाट विद्युत व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूणर् खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु’ उनले भने ।
जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूणर् १० वटा महत्वपूणर् आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालीरहेको बताए । उनले विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्ने बताए ।

भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडिबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरर्नौड काउसिस लगायतको लगायत उच्च अधिकारीको सहभागीता थियो ।


Read Previous

निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने

Read Next

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न निर्देशिका जारी

Leave a Reply

Your email address will not be published.