Nepal Purbadhar

कांग्रेस नेता पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौं । पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको आरोपमा तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका अनुसार उक्त मुद्दा दर्ता प्रक्रियामा रहेको छ । यसअघि अख्तियारले गत २१ मंसिरमा पाँच जना पूर्वमन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसपछि ८ चैतमा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अर्को मुद्दा दायर गरिएको थियो । आज दर्ता गरिएको मुद्दा सोही श्रृंखलाको तेस्रो मुद्दा हो ।

अख्तियारले पूर्वसचिवहरू शंकर प्रसाद अधिकारी, केवल भण्डारी, सुरेश आचार्य लगायतलाई पनि विपक्षी बनाएको छ ।

अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसहित तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, तत्कालीन सहसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरण का तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याललाई प्रतिवादी बनाइएको छ ।


Read Previous

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

Read Next

वरियताक्रम तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar