Nepal Purbadhar

जेएमसी ब्रान्डका गाडी बेच्ने सहसिला मोटर्सले ९ महिनामा गर्यो ५१ करोड ८० लाखको व्यापार


काठमाडौं । नेपालका लागि हिगर, किटन,जेएमसी,चेरी र वान्डा ब्रान्डका गाडी बेच्ने सहसिला मोटर्सले ९ महिनामा ५१ करवड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

२०२२ मा १ अर्ब १० करोड १० लाख रुपैयाँको व्यापार गरेको यो कम्पनीको पछिल्ला वर्षहरुमा व्यापारमा केही कमि आएको थियो । २०२३ मा २४ करोडको व्यापार गरेको कम्पनीको २०२४ मा ४३ करोड ३० लाख रुपैयाँको व्यापार भएको थियो ।

२०२५ को सुरुवाती ९ महिनामा ५१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीको व्यापारमा केही सुधार भइरहँदा यसको ओपिबिडिआइटिए मार्जिन (मूल्यह्रास, ब्याज, कर र अमूर्त सम्पत्तिको खर्च अघि गणना गरिएको सञ्चालन नाफा) मा भने केही सुधार भएको छ । २०२२ मा १.२ प्रतिशत मार्जिन कायम भएको यो कम्पनीले २०२३ मा नकरात्मक मार्जिन भोग्नु परेको थियो । २०२३ मा कम्पनीको मार्जिन -६.५ प्रतिशत कायम भएको थियो ।

त्यस्तै, २०२४ मा कम्पनीको मार्जिन ७.० प्रतिशत कायम भएको थियो । २०२५ को सुरुवाती ९ महिनामा भने १६.९ प्रतिशत मार्जिन कायम भएको छ ।

२०१४ मा खुलेको सहसिला मोटर्स प्रालिले २०२४ देखि हाल बेच्ने ब्रान्डहरुका लागि नेपालमा आधिकारिक बिक्रेताको अनुमति लिएको थियो । यसअघि यो कम्पनीले २०२३ को चौथो त्रैमाससम्म टाटा ब्रान्डका यात्रुबाहक सवारी साधनहरु काठमाडौं र भक्तपुरमा बिक्री गर्दै आएको थियो । हाल यो कम्पनीसँग नेपालभरमा पाँच वटँ शोरुमहरु रहेका छन् । कम्पनीको स्वामित्व भने सन्तोष खतिवडासँग ४० प्रतिशत, आशिष पौड्यालसँग ३० प्रतिशत र कन्टिनेन्टल इन्भेस्टमेन्ट प्रालिसँग ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हालका लागि भने यो कम्पनीले १ अर्ब ९८ करोड रुपैयाँको कर्ज सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीलाई १ अर्ब ९८ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।


Read Previous

१२ वर्षदेखि बन्न सकेन तीनकुने र टेकु पुल

Read Next

युनाइटेड सिमेन्टको व्यापारमा सामान्य बृद्धि, कतिको गर्यो कारोबार?

Nepal Purbadhar