Nepal Purbadhar

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024

बुधबार, मंसिर २६, २०८१
Wednesday, December 11, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

म्याग्दीमा पर्यटन पूर्वाधारका १८ योजना सम्पन्न


म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको १ करोड ५६ लाख रुपैयाँ बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।

चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा ९ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिए । “कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौँ”, उनले भने, “७ किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।”

उनका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ । पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले बताए ।

पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै २० लाख रुपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।

जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०–१० लाख रुपैयाँ बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा १० लाख रुपैयाँ बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०–१० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ ।

त्यसैगरी, बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म ८/८ लाख रुपैयाँ बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा रु पाँच–पाँच लाख बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ ।


Read Previous

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण   

Read Next

४ दिनदेखि अवरुद्ध तनहुँकाे बुद्धसिंह मार्ग खुल्याे,पहिराले विद्युत् पोल मर्मतमा समस्या      

Leave a Reply

Your email address will not be published. Required fields are marked *