Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने


काठमाडौं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूतिको जिम्मा पाएको छ । उद्योगले जारी गर्न लागेको साधारण सेयरको प्रत्याभूति कोषले गर्ने भएको हो ।सिमेन्ट उद्योग र कोषबीच बिहीबार सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्ट उद्योगकोतर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिमेन्ट उद्योगले सर्वसाधारणका लागि निष्कासन गर्ने सम्पूर्ण सेयर बिक्री नभएमा कोषले त्यसको प्रत्याभूति गर्नेछ । पाल्पा सिमेन्ट उद्योगले प्रतिकित्ता १ सय रुपैयाँ अंकित ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्दैछ ।

सम्झौता कार्यक्रममा कोषका कामुनायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल, विभागीय प्रमुख तथा पाल्पा सिमेन्ट उद्योगका कार्यकारी निर्देशक अग्रवालसहितका उच्च व्यवस्थापकहरूको सहभागिता थियो । पश्चिम नवलपरासीमा अवस्थित यो उद्योगले भारतीय बजारमा पनि सिमेन्ट निर्यात गर्दै आएको छ ।


Read Previous

तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा

Read Next

‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

Leave a Reply

Your email address will not be published.