Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो   


काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । भारतीय आयल कर्पाेरेश (आइओसी) ले मंगलबार नयाँ मूल्य पठाएपिछ निगम सञ्चालक समितिकाे बैठकले पनि पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे हाे ।

निगमका अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य  घटाइएकाे छ । बुधबार बिहान १ बजेदेख लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएकाे निगमले जनाएकाे छ ।

मूल्य समायाेजनपछि डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५६.५० रुपैयाँ पुगेकाे छ । दोस्रो वर्गका लागि याे मूल्य प्रतिलिटर  १५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ भएकाे छ ।

आइओसीबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।

मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।


Read Previous

तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

Read Next

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

Leave a Reply

Your email address will not be published.