Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

नारायणगढ-बुटवलअन्तर्गत पूर्वी खण्डकाे २९ किलाेमिटर कालोपत्र   


नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा यति कालाेपत्र गरिएकाे हाे ।

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलाेमिटर सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताए । पूर्वी खण्डको ६५ किमी सडकमध्ये १९ किमी एकतर्फ र अर्कोतर्फ १० किमी गरी २९ किमी कालोपत्र गरिएको उनले बताए ।

झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८.६१ प्रतिशत पुगेको छ । २०७५ माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

आगामी असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताए । “हाम्रो लक्ष्य दाउन्ने बाहेक पूर्वी खण्डमा एकतर्फी रुपमा कालोपत्र गरेर सक्ने छ । कुनै अवरोध नआए सक्छौँ”, उनले भने ।

दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै पाँच किमीमध्ये तीन सय मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिए । एक साताभित्र भित्ता काट्ने काम सकिने उनकाे भनाइ छ ।

यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजना अनुसार काम भइरहेको झाले बताए । अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एकदुई दिनमा काम सकिने उनले बताए ।

पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्नेगरि काम भइरहेको झाले बताए । उनका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ ।

गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माण भइरहेको उनले बताए । करिब  १७ अर्ब रुपैयाँ लागत लाग्ने उक्त आयोजना लामो समयसम्म सम्पन्न नहुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

कालोपत्रको कामसँगै पुल निर्माणसमेत अगाडि बढिरहेको ठेक्का सहव्यवस्थापक झाले बताए । उनका अनुसार नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ठूला १२ वटा पुल निर्माण हुनेछन् । यस खण्डमा साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा करिब सबै पुल निर्माण सकिएको छ । ठूला पुल निर्माण भइरहेका उनकाे भनाइ छ ।


Read Previous

‘हिमालयन हाइड्रो एक्स्पोको मुख्य आकर्षण ग्रीन हाइड्रोजन हुनेछ’

Read Next

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

Leave a Reply

Your email address will not be published.