Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

हुम्लाकाे राया गाउँका सरकारी कार्यालयमा विद्युत पहुँच  विस्तार  


सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघ संस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला लघु जलविद्युत आयाेजनाकाे विद्युत २४ घन्टा उपलब्ध गराउने गरी सेवा विस्तार गरिएकाे हाे ।

यसअघि हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो । बुधबारदेखि २४ घन्टाका लागि  विद्युत् पहुँच निरन्तर हुने गरी सेवा विस्तार गरिएको रायाखोला लघु जलविद्युत कार्यालयका अध्यक्ष टेकबहादुर बुढाले बताए । स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको अध्यक्ष बुढाले बताए ।

विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको उनले बताए । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।

विद्युत् लाइन विस्तार गर्न तारको व्यवस्था उक्त कार्यालयले गरेको थियोभने प्राविधिक खर्च वडा कार्यालयले बेहोरेको थियो । वडा कार्यालय, स्वास्थ्यचौकी र विद्यालयलाई मासिक २ हजार रुपैयाँ विद्युत् शुल्क तोकिएको अध्यक्ष बुढाले बताए । गाउँमा रहेको दुधेदह प्राङ्गारिक कृषि सहकारी संस्थालाई सरकारी कार्यालयलाई  एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गाउँमा विद्युत् सेवा उपभोग गर्ने सेवाग्राहीलाई प्रतियुनिट १० रुपैयाँ शुल्क तोकिएको छ । २५ किलोवाट क्षमताको रायाखोला लघु जलविद्युत् आयोजनाबाट विगत ६ वर्षदेखि जिल्लाका विभिन्न भागमा विद्युत् सेवा प्रदान हुँदै आएको छ ।


Read Previous

५१ जिल्लामा २३ सय बढी खानेपानी आयोजना निर्माण   

Read Next

५२ करोड लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण   

Leave a Reply

Your email address will not be published.